No menu items!

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा जीप दुर्घटना परि १ जना जनाको मृत्युु ,७ जना घाइते

स्याङ्जा:स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना भएको छ ।

भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप छाङ्छाङ्दीमा आज बिहान दुर्घटना हुँदा ७ जना घाईते भएका थिए ।

बानेथोकबाट बयारघारी आउँदै गरेको जीप भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको छ ।

Advertisements

मृत्यु हुनेमा भीरकोट नगरपालिका ३ ३६ वर्षीय गणेश जंग अधिकारी रहेको प्रहरीले बताएको छ ।

घाईतेलाई कालिका सामुदायिक अस्पताल हेलुमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो।

Latest News