No menu items!

स्याङ्जाको भिरकोटमा  बाँदरको आतंकले बालिनाली सखाप

✍️प्रकाश अर्याल

स्याङ्जाको भिरकोटमा  बाँदरको आतंकले बालिनाली सखाप परेको छ ।

सायद बाँदरले हैरान पारेको हाम्रो क्षेत्रमा मात्रै होइन होला तर किसानले दुख गरि लगाएको मकै, फलफुल , तरकारीहरु घिरौला, काँक्रा,लौका,चिचिन्डो, सिमि, बोडि लगायत सबै बालिनाली सखापै पारेको छ।

Advertisements

मानिसहरु उठ्न पाको छैन बाँदर घरको छत छतमा हाम्फालिएर आएर हल्लाखोरै मच्चाउछन अनि उठ्यो ड्युटी के त भन्दा बाँदर कुर्न न त बेलामा खाजा,न त खाना नै ।

भीरकोट नगरपालिकाले गत बर्ष बाँदर नियन्त्रण गर्न भनेर लाखौं रुपैया खर्च गरेर किसानलाई बाँदर लखेत्ने उपकरण उपलब्ध गराएको थियोे तर ती उपकरण पद्काउदा बाँदर भाग्न त परको कुरा बाँदर झन तेस्को आवाज सुन्दा झन मजा माने गर्छन।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ। सरकारले कुनै पनि खेती योग्य जमिन बाँझो राख्न नपाइने अबधारणा ल्याएको छ तर बाँदरको बिगबिगी भए पछि खेतीयोग्य जमिन बाँझो राख्नु परेको छ।

बाँदरले सबै बालिनाली सखापै पारिरहदा कतै भोकले त मरिने होइन जस्तो अनुभुति हुन थालेको स्थानिय किसान बताउँछन् । राज्य भने यस विषयमा केहि तेस्ता नियम भन्दै स्थानियले गुनासो गरेका छन् । कृषकले राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

Latest News