No menu items!

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज बुधबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र पेट्रोलको मूल्य घटाएको हो ।

निगमले डिजेल, मट्टीतेल, र पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाएको हो । मूल्य घटेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर १११ रुपैयाँ, पेट्रोल १२८ रुपैयाँ पर्ने छ ।

Advertisements

खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १४२५ रुपैयाँ छ ।

Latest News