No menu items!

स्याङ्जा जिल्लामा निषेधाज्ञा थप गरिए पनि निषेधाज्ञामा कडाइ देखिएन

स्याङ्जा:स्याङ्जा जिल्लामा निषेधाज्ञा थप गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर साउन ३२ गते सम्म पुर्याइएको जनाएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा बढ्दै गएकोले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो।

निषेधाज्ञाको अवधिमा प्रशासनले तोकेका बाहेकका अन्य कार्यहरु गर्न पाइनेछैन भने अत्यावश्यक कार्यहरु स्वास्थ्य संस्थाका साथै औषधी पसलहरु चौवीसै घण्टा सञ्चालन गर्न पाइने छ । प्रशासनले सके सम्म घर भीत्र बस्न र अत्यावश्क बाहेकका काममा बाहिर ननिस्किन अनुरोध गरेको छ ।

Advertisements

मेला महोत्सवका साथै मठमन्दिरमा भेलाहुन निषेध गरिएको छ भने बिभाह ब्रतबन्ध लागायतका कार्यहरु गर्दा १५ जना भन्दा बढि जम्माहुन नपाइने नियम यथावत रहेको छ तर कामदार एवं सुपरभाइजरहरु यथास्थानमा रहेर विकास निर्माणका कामहरु गर्न छुट दिईएको छ ।
जिल्लामा निरन्तर निशेधाज्ञा जारी गरिदै आएको भए पनि यसको कार्यान्वयन भने भएको छैन । कोरोनाको संक्रमण बढिरहेको छ तर चहलमहल भने झनै बढेको देखिन्छ ।निशेधाज्ञा जारी भए पनि बजार क्षेत्रमा मानिसहरुको चाप आझ बदि देखिएको छ ।

Latest News