No menu items!

६ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने: मुख्यमन्त्री

कास्की:गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

तनहुँमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए ।

छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलले दाबी गरे ।

प्रदेशका एक तिहाइ जनताले खोप पाइसकेको बताउँदै उनले भने, “मनाङ र मुस्ताङ पूर्णखोपयुक्त जिल्ला भइसकेका छन्, खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।

Advertisements

कार्यक्रममा बोल्दै उहाँले जनताको ज्यानभन्दा ठूलो कुरा अरु नभएको र पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो भनेर बताउनु भयो। कोरोनाको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उनले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले गत असारमा आएको बाढीपहिराबाट क्षति भएको संरचना पुनःस्थापनाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

तीनवटै तहका सरकारको समन्वयमा पुनःस्थापनाका काम गरिने उनको भनाइ थियो । गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिनुपर्नेमा उनले जोड दिए ।

प्रदेशको समृद्धि र विकासका लागि हामी एक छौँ, प्रदेशवासीको जीवनस्तर उकास्न सरकार लागिपरेको बताउनु भयो।

Latest News