No menu items!

स्याङ्जामा अवैध घरेलु मदिरा नियन्त्रण अभियान तीब्रता

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाडपर्व नजिकिएसँग अवैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिएको छ ।

समाजमा बढ्दो घरेलु हिंसा, झै झगडा न्युनिकरणको लागि अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रमलाई तीब्रता दिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

Advertisements

उनले हिन्दुहरुको महान चाडपर्वको समयमा शान्ति सुरक्षालाई बजवुद बनाउनको लागि अवैध घरेलु मदिरा नियन्त्रण गर्न विभिन्न स्थानहरुमा प्रहरी अधिकृतसहितको टोली खटाइएको बताए ।

उक्त अभियान अन्तर्गत पुतलीबजार नगरपालिकाको विभन्न स्थानहरुबाट अवैध घरेलु मदिरा दुई हजार लिटर बरामद गरी स्थानीय जनप्रतिनिधि, भद्रभलाद्यीहरुको रोहवरमा मदिरा नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

Latest News