No menu items!

वालिङ् नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङजा:वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  छ भने १७ जना घाईते भएको प्रहरीले बताएको छ ।

जीप दुर्घटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ७७ वर्षीय दल बहादुर पल्ली  र सोही ठाउँ बस्ने ३२ वर्षीय गंगा पल्ली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारका अनुसार वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८  नम्बरको जीप आइतबार साँझ ६:५० बजे वालिङ नगरपालिका १०, मदिखोलामा दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।

घाईतमध्ये दुई जनाको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ । त्यसैगरी तीन जना घाइतेको अवस्था चिन्ताजनक, १३ को मध्यम र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

Advertisements

जीप दुर्घटना परी  गम्भीर घाईते  हुनेमा गल्याङ नगरपालिका १० बस्ने ५५ वर्षीय लिला कुमारी पल्ली, ४ वर्षीय करिष्मा थापा र २६ महिनाको अर्चल विक रहेका छन् ।

त्यसैगरी मध्यम चोट लाग्नेहरुमा गल्याङ नगरपालिका १०  ५५ वर्षीय राम बहादुर मल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीय त्रिसना विक, २२ वर्षीय विष्णु थापा, २७ वर्षीय अर्जुन थापा,  ६० वर्षीय हुमा पल्ली, ५६ वर्षी रिता गाहा, २ वर्षीय एन्जल गाहा, २२ वर्षीय पुष्पा पल्ली, ४५ वर्षीय भिम कुमारी पल्ली, ३ वर्षीय एमना पल्ली, वालिङ नगरपालिका १० बजाकोट बस्ने २४ वर्षीय सपना थापा र सोही ठाउँ बस्ने २ वर्षीय नबिन थापा रहेको प्रहरीले बताएको छ ।

जीप चालक गल्याङ नगरपालिका १० बस्ने ३१ वर्षीय रुद्र बहादुर थापा पनि सामान्य घाईते भएको छन् ।

जीप सडकदेखि करिव ५० मिटर तल खसेको छ भने जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

Latest News