No menu items!

स्याङ्जामा जीप दुर्घटना, ५ जना घाइते, २ को अवस्था गम्भीर

स्याङ्जा :स्याङ्जाको गल्याङमा जीप दुर्घटना भएको छ । सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको छ ।

गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीपमा ६ जना सवार रहेका थिए । दुर्घटनामा परि घाईते हुनेहरुमा कालिगण्डकी गाउँपालिका १, हर्मीचौर गुल्मीका जिप चालक सन्तोष पाण्डे, सोही स्थानका ३३ वर्षीय रमेश पाण्डे, सोही स्थानकी २६ वर्षीय सृजना भण्डारी, सोही स्थानका ३५ वर्षीय झविन्द्र न्यौपाने र सोही स्थानका ३ वर्षीय शैलेस न्यौपाने रहेका छन् ।

Advertisements

दुर्घटनामा परि गम्भीर घाईते भएको चालक पाण्डे, भण्डारी र न्यौपानेको थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । अन्य घाइतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकदेखि १५० मिटर तल खसेको थियो ।

Latest News