No menu items!

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल

भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा क्षति भएको छ । तेस्तै स्याङ्जाको भिरकोट नगरपालिकाका विभिन्न ठाँउमा पनि पाकेको धान अबिरल झरिको कारण किसानहरुले नोक्सान बेहोर्नु परेको छ, त्यो मध्य एक हो भिरकोट नगरपालिकाको खेतीयोग्य जमिन अर्थात मुटु वडा नं ५ पकान। साँच्चिकै हेर्दा आँखाले देखुन्जेल सम्मको यो पकान फाँटमा सम्पुर्ण किसानहरुले विभिन्न जातका धान रोप्दै आएका थिए। असारमा रोप्ने बेलामा त आकाशबाट पानी परेर समयमै धान रोप्ने काम सकिएको थियो भने धान रोपिसके पछि खोलाका किनारका खेतहरु खोला बढेर आँउदा बगायो पनि
खेतियोग्य जमिन बगाउदा निकै आहार गुहार गर्यौ तटबन्धन गराइदिनु न भनेर नगरपालिका सङ गुहार माग्यौ सुनेको नसुन्यै गर्नु भयो स्थानिय सरकारले। पकान फांटको तलपट्टी रहेको कहिनेमा धेरै भन्दा धेरै खेतीयोग्य जमिन खोलाले बगाएको छ खेत त बगायो बगायो आँधिखोला करिडोर अन्तर्गतको सिम्ले भन्दा यता कहिनेमा बाटोपनि खसाउन लागेको छ कहिने माथिको घरका मानिसले आँधिखोला बढेर आउदा रातमा निन्द्रा छैन कतै खोलाले हाम्रो घर पनि लैजाने पो हो कि भन्ने पिरले पानी पर्दा र खोला बढ्दा जागाराम बस्नु परेको छ तर स्थानिय निकाय मौन छ ।

 

धान सर्यो हुर्कदै गयो हरियो हुने बेलामा फेरि किसानहरुको शत्रु धान खाने किरा खपटे, काँडे धारपरेका किरा (rice hipsa) नामक किराले सेताम्मे बनायो।

Advertisements

कृषि ज्ञान केन्द्र बाट प्राबिधिक टोलि आएर किटनाशक औषधि प्रयोग गरे पछि अलिक केही निको भएको थियो ,अब त पसाउने बेला भयो भन्ने बेलामा हावा हुरि आएर अग्लो जातको धानको बीउ (मंसुली) लगायतका अरु धानहरु लगाएका कृषकहरुले टाउको समाउनु पर्ने बाध्यता बनायो।
दशै पछि धान काट्ने चटारो छ पकान फाँटमा तर निरन्तर बर्षातका कारण धान भित्र्याउन मुस्किल होला जस्तो छ।
“धान पनि फल्ने र पराल पनि हुने भनेर मंसुली जातको धान लगाएको पसाउने बेलामा हावाहुरी आयो र खेतको धान सबै ढलायो, पसाउने बेलामा धान ढलेपछी धान होइन भुस (टटहलो) मात्रै हुन्छ, अब धान पाकेर काट्ने बेलामा पानी परेर रुझायो धान काटेको दिन देखि निरन्तर पानी परेको पर्यै छ र धान खेतमै झर्ने अवस्था आउन लाग्यो, सोंचेजस्तो धान अहिले भएन” भन्नू हुन्छ भि न पा ५ पकानका कृषक शोभाकान्त तिवारी ।


आइतबारदेखि निरन्तर परेको झरिको कारण पकान फाँटका कृषकहरुलाइ पाकेको धान भित्र्याउने बेलामा दुख पुर्याएको छ। धान पाकेर पहेंलपुर छ काटेको धान पानीले जलामय र डुबेको छ , धान भुइमै झर्ने अबस्था आएको छ। यो भित्र्याउने बेलामा त पानी नआए पनि हुन्थ्यो नि आनन्द सङ भित्र्याउन पाए पनि त हुन्थ्यो कति साह्रो दुख दिएको कहिले खपटे किराले सेताम्मे बनाउछ कहिले पानीले डुबाउछ भन्नू हुन्छ किसान मित्रलाल कुंवर।

धान खेतमै ढलेर पानीले डुबेको छ अझै पानी परेको पर्यै गर्यो भने धान खेतमै उम्रने अवस्था आउने भो भन्ने चिन्ता सबै किसानहरुलाइ परेको छ।

Latest News